माओवादीको प्रस्ताव/मुख्यमन्त्री र सभामुख एकअर्कालाई

काठमाडौं– माओवादी केन्द्रले प्रत्येक प्रदेशमा एउटा दलको मुख्यमन्त्री बनेको स्थानमा अर्को दलबाट सभामुख हुनुपर्ने प्रस्ताव गरेको छ ।

राष्ट्रिय सभा, प्रदेशसभा र सभामुखलगायत विषयमा साझा धारणा बनाउन गठित वाम गठबन्धनको कार्यदल बैठकमा माओवादीले यस्तो प्रस्ताव राखेको हो । दुवै दलबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जस्तै ६० र ४० प्रतिशत भागबन्डा गर्ने समझदारी छ ।

यो समझदारीअनुसार वाम गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये एमालेको भागमा ४ र माओवादीको भागमा २ प्रदेशको नेतृत्व पर्छ । माओवादीले भनेजस्तै एउटा दलको मुख्यमन्त्री भएको स्थानमा अर्कै दलका तर्फबाट सभामुख बनाइने हो भने एमालेको भागमा २ र माओवादीको भागमा ४ सभामुख पर्छ ।

प्रतिक्रिया दिनुहोस्