मुक्तिनाथ रेमिट्यान्स विजेताहरुलाई ७६ पुरस्कार वितरण
काठमाडौं, ६ पुस । मुक्तिनाथ रेमिटको रेमिट्यान्स अभियानका विजेताहरुलाई विभिन्न ७६ पुुुरस्कार वितरण गरिएको छ । मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी सञ्चालन गरेको रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियानका भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरेको हो ।
यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउनुहुने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिनुहुने सम्पुर्ण ग्राहकवर्गहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको हो । ७६ पुरस्कारहरुमध्ये २५ जनालाई व्लुतथु स्पिकर, २० जनालाई प्रसर कुकर , १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई टिभि ३२ यन्चको स्मार्ट टिभि, ५ जनालाइै फ्रिज २२०० लिटरको, ३ जनालाई ल्यापटप, १ जनालाई स्कुटर वितरण गरिएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्