मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुद्वारा सपथ ग्रहण
काठमाडौं, ६ पौष । मुक्तिनाथ विकास बैंक लि.कोे तेह्रौं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितिको चयन गरेको छ ।
बैंककोे तेह्रौं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको हो । सभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट श्रीमती निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो । बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालकको रुपमा पाएको छ । नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैंकको स्थापनाकालदेखि १२ वर्ष सम्म प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको छ ।
समितिका अध्यक्ष श्री भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको सपथ ग्रहण हुन । साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष ढकालले सपथ ग्रहण गराएकाछन् ।
प्रतिक्रिया दिनुहोस्