पीपीएल क्रिकेटमा काठमाडौंको दोस्रो जित
काठमाडौं, पुस ५ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत काठमाडौं गोल्डेन वारियर्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा विराटनगर टाइटान्सलाई ३६ रनले पराजित गर्दै प्रतियोगिताको प्लेअफको सम्भावनालाई जिवित राखेको छ ।
पोखरा रंगशालमा काठमाडौंले दिएको १६० रनको लक्ष्य पछा्एको विराटनगरले १९ ओभर ४ बलमा अल आउट हुँदै १२३ रन बनायो । विराटनगरका लागि पुनित मेहेरा अर्धशतक बनाउँदै आउट उनले ३१ बलमा ३ चौका र छक्का हान्दै ५३ रन बनाए । उनी सुभोद भाटीको बलमा एलबीडब्लु आउट भएका हुन् । विराटनगरले दोस्रो ओभरमा दुई विकेट गुमायो ।
दोस्रो ओभरको पहिलो बलमा विराटनगरका शुनिल धमला एक रन बनाएर आउट भए । उनी सुभोद भाटीको बलमा पवन सरार्फको हातबाट क्याच आउट भएका हुन् । मोहमद जाहिद विराटनगरको दोस्रो विकेटको रुपमा आउट भए । उनलाई भाटीले दोस्रो ओभरको चौथो बलमा कप्तान ज्ञानेन्द्र मल्लले क्याच आउट गरेका हुन् ।
काठमाडौं हाल सम्म चार खेल खेलेर दुई जित र दुई हारसँगै ४ अंक छ । पराजित तीन खेल खेलेको विराटनगरको दुई अंक छ । प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुँदैछन् ।
बिहान ९ः३० बजे हुने पहिलो खेलमा विराटनगर टाइटान्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दै छ । त्यस्तै दिउँसो १२ः४५ मा बुटवल बलास्टर्सले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दै छ ।
प्रतिक्रिया दिनुहोस्