यूनियनलाईफको दोस्रो साधारण सभा सम्पन्न

काठमाडौं, पुस ४ । यूनियन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सभा आज सम्पन्न भएको छ ।

कम्पनीको वार्षिक साधारण सभाले संचलाक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४÷०७५ को वार्षिक प्रतिवेदन, आ.ब. २०७४÷०७५ को लेखा परिक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

यसै गरी आ.ब. २०७५÷०७६ कालागि लेखा परीक्षकको नियूक्तीतथा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्र्तगत भएका खर्चहरु समेत स्वीकृत गरेको छ ।

साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आइपिओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरेको छ । आइपिओ निष्काशनका लागि यस अघि २०७४÷०७÷१५ गते भएको प्रथमवार्षिक साधारण सभाले निर्णय गरिसकेको छ ।

कम्पनीले जारी पू“जी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुनआउने ६४ करोड २० लाखको बराबरले हुनआउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनगर्नेछ ।

कम्पनीको दोस्रो वार्षिक साधारण सभामा अध्यक्ष शुलभ अग्रवालले मन्तव्य राख्दै नया“ कम्पनी भएर पनि यूनियनलाइफले गरेको प्रगती प्रशंसा योग्य रहेको र आगामी दिन प्रभावकारी योजना सहित कम्पनीलाई आमनागरिकको भरोसा योग्य कम्पनी बनाउने बताउनु भयो ।


यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बीमा क्षेत्रमा यूनियनलाइफले गौरबमय उपस्थिती बनाउन सफल भएको जनाउदै कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनीबनाउने जानकारी गराउनु भयो ।


कम्पनीले देशको संघिय ढा“चा अनुसार प्रादेशिक कार्यालय र उक्त कार्यालय मातहत रहने गरी शाखा तथा उपशाखा कार्यालयहरु स्थापना गरी देशव्यापी पह“ुच कायम गर्न सफलभएको छ ।

प्रतिक्रिया दिनुहोस्