पीपीएलमा बुटवलको लगातार दोस्रो जित

काठमाडौं, पुस ४ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता बुटवल बलास्टर्सले दोस्रो जित निकालेको छ । शुक्रबार भएको पहिलो खेलमा बुटवलले पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा पोखराले दिएको १२२ रनको लक्ष्य पछा्एको बुटवलले १४ ओभर मात्र दुई विकेट गुमाउँदै १२३ रन बनायो । बुटवलका लागि अफ्ताब उद्धिनले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले १२ चौका र २ छक्काको सहयोगमा ७५ रन बनाए ।

उनलाई १२ ओभरको तेस्रो बलमा रासिद खानको बलमा प्रथामेस डाकेको हातबाट क्याच आउट भएका हुन् । अफ्ताब उद्धिनले ३३ बलमा १० चौका सहयोगमा ५० रन पूरा गरेका थिए । जितसँगै बुटवलले तीन खेलबाट चार अंक जोडेको छ । पराजित पोखराको चार खेलबाट दुई अंक छ ।

आजको खेलमा पराजित भएसँगै पोखराले फाइनल प्रवेशको सम्भावनालाई कमजोर बनाएको छ । उता बुटवलाई फाइनल प्रवेशमा सहयोग पुगेको छ । पहिलो खेलमा काठमाडौंविरुद्ध ९ विकेटको जित निकालेको पोखरा दोस्रो खेलमा चितवन राइनोजसँग ६ विकेट र तेस्रो खेलमा विराटनगर टाइटान्ससँग ४५ रनले पराजित भएको थियो ।

पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्ससँग सुपर ओभरमा जित निकालेको बुटवलले दोस्रो खेलमा चितवनसँग ११९ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्