गरिमा विकास बैंक लिमिटेड द्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौं, पुस ४ । गरिमा विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा आज एक कार्यक्रमका बिच कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले एक कार्यक्रमका बिच सामाग्री हस्तान्तरण गरेका हुन् ।
बैकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्र्तगत नेपाल रेडक्रस सोसाइटीलाई IGLOO Box(Ice Bag) हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री श्री धर्मराज अधिकारीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्