पीपीएलमा चितवनको लगातार दोस्रो जित

काठमाडौं , पुस ३ । पोखरामा जारी प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ ।

बिहिबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै चितवन अंक तालिकामा शीर्ष स्थानमा रहन सफल भएको छ ।

चितवनले दिएको २ सय ४ रनको ठूलो लक्ष्य पछ्याएको बुटवल १८ ओभर ४ बलमा अलआउट हुँदै ८४ रनमा समेटियो ।

बुटवलका लागि शिबम सिंहले सर्वा्धिक ३३ तथा भिम सार्कीले २१ रन बनाए । हरि चौहानले १२ रन बनाए ।बुटवलविरुद्ध चितवनका बलर करण केसीले ४ विकेट लिए । यस्तै, रोहन मुस्तफाले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।चितवनको उच्च योगफलमा पारस खड्का र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले ।

जितसँगै चितवनले २ खेलमा स्पष्ट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्