“मुक्तिनाथ विकास बैंकको सञ्चालकहरुद्वारा सपथग्रहण”
काठमाडौं, पुस ३ । मुक्तिनाथ विकास बैंक लि.कोे ते¥हौं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ ।
साधारणसभाले संस्थापक सेयरधनीका तर्फ बाट भरतराज ढकाल, गजेन्द्र मानश्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फ बाट निर्मला कुमारी के.सी. (कार्की) र श्री शालिग्राम मिश्र लाई सर्वसम्मत चयनगरेको हो । बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठितव् यक्तिहरुलाई सञ्चालकको रुपमा पाएको छ ।
नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैंकको स्थापनाकालदेखि १२ वर्ष सम्म प्रमुखकार्यकारी अधिकृत रहनु भएका भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको छ ।
समितिका अध्यक्ष भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर ,चिन्तामणि शिवाकोटी बाट पद तथा गोपनियताको सपथ ग्रहणगर्नु भएको छ ।
साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष भरतराज ढकालले सपथग्रहण गराउनु भएको छ ।
मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३४ वटाशाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।
साथै, प्रविधिमा आधारित रहीमोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदानगर्दै आई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्