प्रभु बैंकको मलंगवा शाखा कार्यालय सञ्चालन

काठमाडौं, पुस ३ । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको मलंगवामा पनि सञ्चालनमा ल्याएको छ । मलंगवा नगरपालिका ९ स्थित मलंगवामा २०१औं शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकको मलंगवा शाखा कार्यालयको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरे ।

बैंकको मलंगवामा शाखा कार्यालयको उद्घाटन गर्दै साहले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

उनले प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

बैंकको मलंगवा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्