साधना लघुवित्तमा रोजगारको अवसर
गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा भ्याकेन्सी आब्हान गरेको छ । यो संस्था एन.सी.सी बैंक लिमिटेड, सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड र बिभिन्न प्रतिष्ठित ब्यक्तिहरुले प्रबद्धन गरेको नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । वित्तीय संस्थाको विभिन्न स्थानहरुमा खोलिएका र भविष्यमा खोलिने शाखा कार्यालयहरुका लागि बिभिन्न श्रेणीका कर्मचारीहरु पौष ३ को कारोवार दैनिकमा भ्याकेन्सी आब्हान गरेर माग गरेको हो । साथसाथै कर्मचारी समुदायसँग घुलमिल हुन सक्ने तथा माग बमोजिमको योग्यता पुगेका अनुभव भएका नेपाली नागरिकहरुले प्रकाशित भएको मितिले १५ दिनभित्र आबेदन दिन सक्नुहुनेछ । कार्यालय समयमा उल्लेखित ठेगानामा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहितको निवेदन, आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यकता अनुसार कार्य अनुभव सम्बन्धी विवरण सहित दरखास्त दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्