“मुक्तिनाथ विकास बैंकको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न”
काठमाडौं, २ पुस । मुक्तिनाथ विकास बैंक लि. ले मिति २०७६ मंसिर ३० गतेका दिन पोखरामा आफ्नो तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त साधारण सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभाँस र १७.६० बोनस सेयर सहित) १८.५३ प्रतिशत लाभाँस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष श्री खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नारायण प्रसाद पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राख्नु भएको थियो । सोही समारोहमा बैंकका पूर्व अध्यक्षहरु खगेन्द्रराज रेग्मी र मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पार्नुभएको थियो ।
यस वार्षिक साधारण सभाले बैंकको नयाँ सञ्चालक समिति पनि गठन भएको छ । सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रको चयन भएको बैंकका प्रमुख सुचना अधिकृत तिल बहादुर गुरुङ्गले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्