अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न
कठमाडौं, २ पुस । प्रदेश नं. १ र २ लाई समेट्ने गरि अजोड इन्स्योरेन्स लिमिटेड इटहरी शाखाको आयोजनामा मार्ग २६, २७ र २८ गते संगीत चोक, इटहरीमा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक डोरिन्द्र दाहालले आधारभुत निर्जीवन बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पार्नुभएको थियो ।
अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. १ का प्रमुख केदार बहादुर खत्रीले गर्नुभएको थियो । साथै सहजिकरणको कार्य इटहरी शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्