माघे सकराती राष्ट्रिय चाडको सम्पूर्ण तयारी पूराः मगर संघ, पूर्व सभामुख लगायत सांसदहरुलाई सम्मान गर्ने

काठमाडौं । माघे सकराती राष्ट्रिय चाड २०७४ को  सम्पूर्ण तयारी पूरा भएको नेपाल मगर संघले जनाएको छ ।
नेपाल मगर संघका अध्यक्ष एवं माघे सकराती राष्ट्रिय चाड २०७४ मुल आयोजक समितिका संयोजक नविन रोका मगरले आईतबार जागर न्युज डटकमसंग कुरा गर्दै यस पटकको माघे सकराती पर्व मनाउने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

अध्यक्ष मगरले माघे सकराती मगर र थारु समुदायको महत्वपूर्ण राष्ट्रिय चाड भएको बताउदै उनले यो पर्वलाई सभ्य र भव्य रुपमा मनाउनको लागि सबैलाई आह्वान गरेका छन् ।
उनले खास गरी माघे सकराती स्वदेश तथा विदेशमा विभिन्न मगर संघ/संस्थाहरुद्वारा ब्यापक रुपमा मनाईन्छ । उनले भने, ‘ हामीले यस पटकको सकरातीलाई एउटा अधिकार प्राप्ति लागि आन्दोलनको रुपमा मनाउन लागेका छौं । ’
केन्द्रीय स्तरमा नेपाल मगर संघ, केन्द्रीय समिति लगायतका संघ /संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौको भृकुटिमण्डपमा भब्य रुपले यो सकराती पर्व मनाउन लागिएको र सम्पूर्ण कार्यक्रमको तयारी ब्यवस्थापन गरी सकेको उनले जानकारी दिए ।

संघले यस पर्वलाई भव्य रुपले सम्पन्न गर्नका लागि मगर तथा गैह्र मगर सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुलाई आमन्त्रण समेत गरेको छ । केन्द्रीय समिति लगायत सय भन्दा वढि मगर संघ /संस्थाहरु रहेका छन् । सबैको संयुक्त आयोजना अनुसार हरेक क्षेत्र भौतिक ब्यवस्थापन, खानपानका प्रदर्शनी तथा साँस्कृतिक प्रदर्शन देखि सबै खालको तयारी पुरा भईसकेको कुरा संघका अध्यक्ष मगरले जानकारी दिए ।

कार्यक्रमलाई विषेश गरि राष्ट्रियस्तरको केन्द्रिय कार्यक्रमलाई सरकार प्रमुख वा देशको मूख्य अभिभावकहरुलाई लिएर हाम्रो कार्यक्रम उद्घाटन गर्ने एक खालको परम्परा र शैली भएको उनले बताए ।
यो माघे सकराती पर्व मगर र अन्य समुदायमा अलि फरक शैलीमा मनाउने गरिन्छ । यो पर्वबाट नयाँ वर्षको रुपमा पनि मनाइन्छ ।

यस पर्वको उद्घाटन सोमबार उप–राष्ट्रपति नन्द किशोर पुनले गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रममा पूर्व सभामुख ओन्सारी घर्तीमगर, हालै प्रतिनिधि सभामा निर्वाचित भएका पूर्व अर्थ मनत्री तथा सांसद वर्षमान पुन मगर, सांसदहरु दल बहादुर राना मगर, कमला रोका मगर, प्रम आले मगर लगायत मगर समुदायबाट हालै लोकसेवा आयोगबाट उतिर्ण भएको १४ जना शाखा अधिकृतहरुलाई सम्मान गर्ने कार्यक्रम रहको संघले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्