यू–१९ महिला फुटबलमा बहराईनमाथि नेपालको जित

काठमाडौं, पुस २ । नेपाली राष्ट्रिय यू–१९ महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । दोस्रो मैत्रीपूर्ण खेलमा बहराईनलाई पराजित गर्दै नेपालले जित दर्ता गरेको हो ।

मंगलबार राति भएको खेलमा नेपालले घरेलु टिम बहराईन यू–१९ टिमलाई ३–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा कप्तान सरु लिम्बु, रेखा पौडेल र दिल कुमारी रानाले एक एक गोल गरिन् ।

यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले बहराईनलाई ४(२ गोल अन्तरले पराजित गरेको थियो । नेपाली टिमले अब अन्तिम मैत्रीपूर्णमा बिहिबार बहराईनको राष्ट्रिय टिमसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्