युनाइटेड मोदीको लाभांश घोषणा, एजिएम कहिले ?

जागरण न्युज
काठमाडौं, ३० मंसिर । युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकोे छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशतको दरले हुन आउने ९ करोड ६८ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ९ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले उक्त लाभांश वितरण गर्न पुस २४ गते साधारण सभा बोलाएको छ । साधारण सभा युनाइटेड वल्ड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्