सनराइज बैंकको रु.३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री
काठमाडौं, २९ मंसिर । सन्राइज बैंकले जारी गरेको सात वर्ष अवधिरहेको रु.३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि भएको छ । २०७६/७/२० गते निष्कासन गरेको ऋणपत्रपूर्ण रुपमा बिक्री भएको हो ।
छिटोमा २०७६/७/२४ गते र ढिलोमा २०७६/८/१९ गते सम्म खुल्ला रहेको थियो । १०.२५% व्याज प्रदान गरिने उक्त ऋणपत्र २०७६/७/२४ गते सम्ममा पूर्ण बिक्री भएको बैंकले जनाएको छ ।
सर्वसाधारण निष्कासनको तर्पmबाट रु.४५३,८२९,०००÷ बराबरको ४५३,८२९ कित्ता र परिपत्र विधिको तर्पmबाट रु.२,५४६,१७१,०००÷ बराबरको २,५४६,१७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ । ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरिएको थियो ।
अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैंया बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री गर्न सफल भएको थियो । यससंगै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, बैंकहरुले आफ्नो प्राथमिक पुजींको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था सन्राइज बैंकले पूरा गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४७ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्