नेशनल माइक्रोफाइनान्सको छैठौं साधारणसभा सम्पन्न, ८० प्रतिशत लाभांस पारित
काठमाडौं, २९ मंसिर । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको छैठो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आइतबार धादिङ्ग स्थित धादिङ्ग क्रिक रिसोर्टमा सन्चालक समितिका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले आ.व.२०७५।०७६ को नाफा वाट शेयरधनीलाई ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस गरि कुल ८० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै सभाले बोनस शेयर जारी पश्चात कायम हुन आउने जारी चुक्ता पंजीको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
संस्थाले २०७६ मंसीर सम्ममा देशको सात वटै प्रदेश हिमाल, पहाड र तराईमा गरि ४३ वटा जिल्लामा ६५ वटा शाखा कार्यालय मार्फत ८२ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले ५५ हजार भन्दा बढि सदस्यहरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि रु ४ अर्ब कर्जा लगानीमा रहेको छ ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले ग्राहक सदस्यहरुबाट कुल बचत १ अर्ब ४४ करोड संकलन गर्न सफल भएको जानकारी गराउनु भयो । संस्थाले आगामीदिनमा बिशेष गरि क्रेडिट प्लस गतिविधिहरू मा केन्द्रीत गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना रहेको बताउनुभयो । कार्यक्रममा संस्थापक शेयर धनि योगेन्द्र संग्रौला, संस्थापक संचालक डा.रमा बश्याल गौतम,संस्थापक शेयर धनि माधव प्रसाद घिमिरे र संस्थागत संस्थापक शेयर धनि मुकुन्द श्रेष्ठले अध्यक्षको प्रतिवेदन माथि मन्तव्य, सुझाव तथा उत्तरोतर प्रगतीको कामना सहितको मन्तव्य राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्