५ कार्यसूची पेश गर्दै सकियो नेकपा स्थायी समिति बैठक, के छ प्रतिवेदनमा ?

काठमाडौंं, मंसिर २९ । नेकपा स्थायी समितिको आजको बैठकमा अध्यक्ष प्रचण्डले ५ वटा कार्यसुची पेश गरेका छन् । आइतबारदेखि शुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिमा प्रचण्डले ५ वटा कार्यसूची प्रस्तुत गरेका हुन् ।

राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारत सीमा समस्या, आगामी केन्द्रीय कमिटीको बैठक र विविध विषयमा कार्यसूची पेश गरेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
आइतबार बसेको बैठक अध्यक्ष प्रचण्डको कार्यसूची पेश भएसँगै सकिएको पनि प्रवक्ता श्रेष्ठले बताए ।

स्थायी समितिको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बस्ने बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका कार्यसूची तथा प्रतिवेदनहरु मथि छलफल शुरु हुने छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री भने सहभागी भएनन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलना खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल), विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, भीम रावल, सुवासचन्द्र नेम्वाङलगायत ३० जना स्थायी समिति सदस्यहरु सहभागी भएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्