अब काठमाडौंका बाटोमा वास बस्न र भिख माग्न नपर्ने

काठमाडौं, मंसिर २९ । अब काठमाडौंका बाटोमा बस्न र भिख माग्न नपर्ने भएको छ ।
२५ औं महानगर दिवसका अवसरमा सडकमानव मुक्त अभियानको घोषणा गरिएसँगै अब यसको अन्त्य भएको छ ।

उक्त अभियानले घर परिवारविहीन भएर बाटोमा वास बस्न र भिख माग्न नपर्ने अवस्थाको परिकल्पना गरेको छ। महानगर स्थापना भएको दिनको सम्झनामा भएको कार्यक्रममा सडकमानव मुक्त अभियानको घोषणा गरिएको हो।

यसै अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पूर्न्निर्माणमा अपेक्षा अनुसारको तीब्रता दिन नसकिएको बताएका छन्।

२५ औं महानगर दिवसका अवसरमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तीब्रता नपाएको बताएका हुन्।

विवादकै कारण रानीपोखरी, काष्ठमण्डप पूर्न्निर्माणको काम एक वर्ष ढिलागरि सुरु भएको उनले बताए। मेयर शाक्यले आफुले निर्वाचनका समयमा जाहेर गरेका प्रतिवद्धता सबै नभएपनि धेरै काम भएको बताए।

‘केही काम गर्न पनि बाँकी छन्। त्यो बेला भनेका बाहेक थप काम पनि भएका छन्। अन्य पार्टीले घोषणा गरेका राम्रा कुराहरु आफ्नै बनाएर लागु गरिरहेका छौँ’, उनले भने।

उपमेयर हरिप्रभा खड्गीले देशको विकासका लागि अब महिला नेतृत्व आवश्यक रहेको बताइन। अबको स्थानीय तहमा वडाध्यक्ष, उपप्रमुखमा मात्रै सिमित भएर विकास सम्भव नभएको भन्दै उनले स्थानीय तहको प्रमुख र अरु संवैधानिक निकायहरुमा महिलाहरुको सहभागिता महत्वपूर्ण रहने बताइन्।

प्रतिक्रिया दिनुहोस्