नेपाल एसबिआई बैंकको २६औँ वार्षिक साधारणसभा, १६.८४% लाभाशं,६% वोनश तथा १०.८४% नगद वितरण प्रस्ताव पारित

काठमाडौं, २९ मंसिर । नेपाल एसबिआई बैंकको २६औँ वार्षिक साधारणसभा सम्पनन भएको छ । आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भयो ।
उक्त सभाले बैंकको आ.व. २०७५/७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५/0७६ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित ग¥यो । बैंकले आ.व. २०७५/७६ मा रु. ३१२.३९ करोड संचालन मुनाफा र रु. २२९.२५ करोड खुद मुनाफा हासिल गरेको छ ।
सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा १६.८४ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र १०.८४% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत समेत स्वीकृत गरेको छ ।
उक्त सधारणसभाले आ.व. २०७६/0७७ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्