कामना सेवा विकास बैंकको १०७औं शाखा बुढानीलकण्ठको भङ्गालमा

काठमाडौं, २९ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडको १०७औं शाखा बुढानीलकण्ठको भङ्गालमा विस्तार भएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत बुढानीलकण्ठ नगरपालिका वडा नं ८ स्थित सुन्दरवस्ती, भङ्गालमा यही मंसिर २९गते आइतबार आफ्नो १०७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बुढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेल र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नु भएको हो ।

मेयर खरेलको प्रमुख आतिथ्यतामा भएको शुभारम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुहुँदै सेवाग्राहीको सन्तुष्टि नै हाम्रो सन्तुष्टि भएकाले हरप्रकारले छिटो छरितो सेवा दिन बैक कटिवद्ध रहेको बताउनु भयो । उहाँले कामना सेवा विकास बैंकसँग बैंकिङ्ग कारोवार गरि बैंकको सेवा सुविधा लिन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “हामी ग्राहकलाई जतिसक्दो छिटो सेवा दिनेछौं । ग्राहकलाई मध्यनजर गरि नयाँ नयाँ प्रोडक्टहरु पनि ल्याएका छौं । ग्राहकको कामना रहोस् हामी सेवा गर्न तत्पर छौं ।” यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिनुभयो ।

प्रमुख मेयर उद्धव प्रसाद खरेलले बैंकिङ्ग प्रतिष्पर्धा बढिरहको बताउँदै नाफाधन्दा सेवामुखि हुन आग्रह गर्नुभयो । भङ्गालको सुन्दर वस्तीमा शाखा विस्तार गरि कामना सेवा विकास बैंकले स्थानीयलाई बैंकिङ्ग सुविधा दिएकोमा धन्यवाद दिंदै वित्तिय साक्षरता अभियान सञ्चान गरि घर दैलोमा जना अनुरोध गर्नुभयो । कार्यक्रमको समापन बैंकका अध्यक्ष सुदिप आचार्यले गर्नु भएको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा १०७ वटा शाखा तथा ५५वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्