सागमा पदक विजेता खलाडीलाई प्रधानमन्त्रीले भट्दै, पुरस्कार घोषणा गर्दै

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटरि बधाइ तथा र पुरस्कार घोषण समेत गर्ने भएको छ ।
भेटघाटका लागि विजता खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारस्थित निवासमा बोलाएका छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटघाटको लागि दिउँसो सवा २ बजेको समय निर्धारण गरिएको वालुवाटार स्रोतले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधन गर्ने र प्रोत्साहनस्वरुप पुरस्कारसमेत घोषणा गर्ने तयारी छ ।
साग प्रतियोगितामा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै नेपाल दोस्रो भएको छ । पहिलो भारत भएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण सागको उदघाटन र समापन समारोहमा सहभागी हुन पाएका थिएन । उनले समापन समारोहको दिन मंगलबार भिडियो सन्देशमार्फत् खेलाडीहरुलाई बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्