कामना सेवा विकास बैंकको १०६औं शाखा भक्तपुरको लोकन्थलीमा

काठमाडौं, २३ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा शाखा विस्तार गरेको छ ।

आफ्नो सेवा विस्तार गर्ने क्रममा मंगलबार बैंकले प्रदेश नं ३ अन्तर्गत भक्तपुर जिल्लाको थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा १०६औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेको हुन् । कारोबार शुभारम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्