१३ औं साग: भुटानलाई पराजित गर्दै पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौं , मंसिर २४ । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ ।

नेपालले साग पुरूष फुटबलको फाइनलमा भुटानलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको छ। मंगलबार भएको फाइनल भिडन्तमा अभिषेक रिजाल र सुनील बलको गोलमा नेपाल विजयी भएको हो।

साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा तेस्रो ।नेपाल फुटबलमा सन् १९८४, १९९३, २०१६ र सन् २०१९ गरी चारपटक च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २-१ को जितसँगै स्वर्ण जितेको छ ।

सागनेपाल १२ औं सागको स्वर्ण विजेता हो । नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो ।

त्यसैगरी पहिलो सागमा नेपालले बंगलादेशलाई ४(२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो भने सन् १९९३ मा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्