पुरुष फुटबलमा नेपालको पहिलो गोल , नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ , मंसिर २४। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले पहिलो गोल गर्दै अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको खेलमा नेपालका तर्फबाट अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका हुन् । स्वर्ण पदकका लागि भएको फाइनल प्रतिस्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ ।

राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्