बक्सिङमा सुनिलले जिते स्वर्ण, नेपालको स्वर्ण संख्या ५० पुग्यो

काठमाडौं , मंसिर २४ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जिते सँगै नेपालको स्वर्ण संख्या ५० पुगेको हो ।

सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् । सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्