बुटवल पावरको लाभांश घोषणा, २४ पौषमा साधारण सभा

काठमाडौं, २३ मंसिर । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको मंसिर २२ गतेको बैठकले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित १८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले २४ करोड ४० लाख ५५ हजार ५०० रुपैयाँ बोनस र ४३ करोड ९२ लाख ९९ हजार ९०० रुपैयाँ नगद गरि ६८ करोड ३३ लाख ५५ हजार ४०० रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७५र७६ मा ८० करोड ९४ लाख ३४ हजार खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ८९ पैसा कायम गरेको थियो ।

कम्पनीले पुस २४ गते कार्र्की ब्याङ्क्वेट बबरमहलमा बिहान ११ बजे कम्पनीको २७ औं वार्षिक साधारण सभा गर्ने साथै साधारण सभा प्रयोजनका लागि पुस ९ गते बुधबारदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीले उक्त प्रस्तावित लाभांश पाउनेछन् ।

हाल दुई अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रस्तावित दश प्रतिशत ९२४ करोड ४० लाख ५५ हजार ५०० रुपैयाँ० बोनस पश्चात २ अर्ब ६८ करोड ४६ लाख १० हजार ५०० रुपैयाँ कायम हुनेछ।

अघिल्लो आर्थिक वर्ष २०७४र०७५ मा पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद गरि कूल २८ प्रतिशत नै लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्