क्रिकेटमा नेपालले काश्य पदक जिते

काठमाडौं, २३ मंसिर । दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले काश्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले काश्य पदक जितेको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे । नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालले सुरुवात भने राम्रो गर्न सकेन । पाँच रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ४४ रनमा दोस्रो विकेट खेर फल्यो ।

त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम रोकिएन । उसले ६० रन बनाउँदा चार विकेट खेर फाल्यो । नेपालका लागि पारस खड्काले तीन रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ३२ रन बनाए । यस्तै दिपेन्द्र ऐरीले दुई रनमा पेभेलियन फर्किए । यस्तै विनोद भण्डारीपनि १२ रनमा आउट भए ।

साग क्रिकेटमा नेपालले काश्य जितेको पहिलो पटक हो । भारत र पाकिस्तान नभएको अवस्थामा नेपालले स्वर्णको लक्ष्य राखेको भएपछि श्रीलंका र बंगलादेशसँग पराजित हुँदा नेपालले काश्यका लागि खेलेको थियो । महिला क्रिकेटमा पनि नेपालले काश्य नै जितेको हो ।

प्रतिक्रिया दिनुहोस्