स्ट्याण्डर्ड चार्टर्डको साधारण सभा आज,२२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं, २३ मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३३ औँ वार्षिक साधारण सभा आज मंसिर २३ गते, सोमबार दिउँसो १ बजेदेखि आर्मीअफिसर्स क्लब, भद्रकालीमा सुरु हुनेछ ।
साधारण सभामा बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको चुक्ता पूँजी आठ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ । बैंकले एक अर्ब ८० करोड २५ लाख ७२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
सभामा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका विवरण उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षक नियुक्त तथा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत राखेको छ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर ९ गतेदेखि बुकक्लोज गरेको थियो । २०७६ मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुलेमात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्