सागको नौँ दिन आज १३ खेल हुँदै

काठमाडौं, २३ मंसिर । १३ औैं दक्षिण एसियाली खेलकुद सागको आज नौँ दिन आज १३ खेल हुँदैछ । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ, भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ ।

महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने छन् । कीर्तिपुरको क्रिकेट मैदानमा पुरुष क्रिकेट टिमको स्वर्ण पदकको छिनोफानो हुने छ । स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दै कास्य पदकका लागि नेपाल र माल्दिभ्स भिड्ने छन् । बास्केटबलमा आज सेमिफाइनलको खेल हुँदैछ । सेमिफाइनलमा नेपाल र भारत तथा श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

महिलाको इभेन्टमा नेपाल र माल्दिभ्स तथा भारत र भुटान भिड्ने छन् । थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल र फाइनल खेल आज हुने छ । बक्सिङमा आज ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । आर्चरमा पनि ४ स्वर्ण पदकको छिनोफानो लाग्ने छ । सुटिङमा आज एउटा स्वर्ण टुंगो लाग्ने छ । टेनिसमा महिला र पुरुषको सिंग्गल्स तर्फको स्वर्ण पदक भिडन्त हुँदछ । कुस्ती, जुडो, पौडीमा पनि स्वर्ण पदकको छिनोफानो लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्