१३ औं सागः जुडोमा देविकाले जितन् स्वर्ण
काठमाडौं , मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्