इङ्ग्लिस प्रिमियरः टोटनह्याम र वेस्टह्याम विजयी

एजेन्सी– इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपरले एभर्टनलाई ४-० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे भने हिउङ मिन सन र क्रिश्चियन एरिक्सनले १-१ गोल गरे ।

उता चेल्सीलाई भने गएराति लेष्टर सिटीले गोलरहित बराबरीमा रोकेको छ । प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले बर्न्लेलाई १-० ले हराउँदा वेष्टह्याम युनाईटेडले हडर्सफिल्ड टाउनमाथि ४-१ कोे प्रभावशाली जित निकाल्यो । यसैगरी वेष्ट ब्रोमले ब्राईटनलाई २-० ले हरायो ।

गएराति वाट्फोर्ड र साउथह्याम्पटनले २-२ गोलको तथा न्युकासल युनाईटेड र स्वान्सी सिटीले १-१ गोलको बराबरी खेलेका छन् । प्रिमियर लिग फुटबलमा आज राती दुई खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्