भारतीय खेलाडीलाई एक सेकेण्डले पछि पार्दै गौरिकाले फेरि स्वर्ण जितेर रचिन् इतिहास

काठमाडौं, मंसिर २२ । भारतीय खेलाडीलाई एक सेकेण्डले पछि पार्दै गौरिकाले फेरि स्वर्ण जितेर इतिहास रचेकी छन् ।

जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडी खेलाडी गौरिका सिंहले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । यो गौरिकाको तेस्रो स्वर्ण हो।


उनले ४ मिनेट २५.२८ सेकेण्डमा निर्धा्रित दूरी पार गरेकी हुन्। भारतीय खेलाडी सिभांगी शर्मा दोश्रो भइन्। उनले निर्ध्रित दूरी ४ मिनेट २६.२२ सेकेण्डमा पूरा गरिन्। तेश्रो भएकी श्रीलङ्काकी नुलरा रामुडीले ४ मिनेट ४१.९१ सेकेण्डमा दुरी पार गरिन्।

यसअघि गौरिकाले २ सय मिटर फ्रिस्यायल र ब्याकस्टोकमा स्वर्ण जितेकी थिइन्। गौरिकाले फ्रिस्टायलमा नयाँ राष्ट्रिय किर्तिमान समेत कायम गरेकी थिइन्। सन् २०१८ को राष्ट्रिय खेलकुदमा आफैंले बनाएको रेकर्ड सुधार गरेकी थिइन्। उनले फ्रिस्टायलतर्फ २ मिनेट ०५.०६ मिनेटमा दूरी पार गरेकी थिइन्।

यसअघि उनले उक्त रेकर्ड २ मिनेट ०९.१९ को कायम गरेकी थिइन्। जारी सागमा गौरिकाको यो तेस्रो स्वर्ण हो। एउटै सागमा तीन स्वर्ण जित्ने गौरिका पहिलो नेपाली खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्