कुस्तीमा संगीताले जितिन् ऐतिहासिक स्वर्ण , नेपालको स्वर्ण संख्या ४३ पुग्यो

काठमाडौं, मंसिर २१ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कुस्तीबाट स्वर्ण पदक जितेको छ। नेपालकी संगीता धामीले स्वर्ण पदक जितेकी हुन्।

उनले ५५ केजी तौल समूहमा बंगलादेशकी सकिरा रेमीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। संगीताले जनकपुरमा भएको फाइनलमा ५–१ अन्तरले सकिरालाई पराजित गरेकी हुन्।


योसँगै नेपालको स्वर्ण संख्या ४३ पुगेको छ। शनिबार नेपालका लागि म्याराथनबाट किरणसिंह बोगटीले स्वर्ण जितेका थिए।

प्रतिक्रिया दिनुहोस्