सागः नेपाली महिला टिम ह्याण्डबलको फाइनलमा

काठमाडौं, मंसिर २१ । १३ औं दक्षिण एसियाली खेलकुद (साथ) अन्तर्गत नेपाली टिम महिला ह्यान्डबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई २२–२१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालको जितमा उमा राईले ११ गोल गरिन् भने कला राईले ४ गोल गर्दा निशा राई र कविता राईले २ र २ गोल गरिन् त्यस्तै राम कुमारी चौधरी र रन्जना राई र बन्दना राईले ११ गोल गरे ।

शनिबार नै भएको अर्काे सेमिफाइनल खेलमा बंगलादेशलाई ४१–१३ गोलअन्तरले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्