उत्कृष्ट पुनरागमन गर्दै पुरुष फुटबलमा नेपाल विजयी

काठमाडौँ , मंसिर २१ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ ले पराजित गर्दै फाइनल नजिक पुगेको हो।

जितसँगै नेपाल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। खेलमा नेपालले १-० ले पछि परेको अवस्था उल्टाउँदै नेपालले जित निकालेको हो।

खेलको १७ औँ मिनेटमा माल्दिभ्सले गोल गरेर अग्रता लिएको थियो।तर ४२ औँ मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

नेपालका लागि अनन्त तामाङले ५१ औँ मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्