महिला क्रिकेटमा नेपालले जित्यो काश्य , अञ्जलीको उत्कृष्ट बलिङ

काठमाडौं , मंसिर २१ । अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ । र, १३औं दक्षिण एसियाली खेदकुद (साग)को महिला क्रिकेटमा काश्य कदक जितेको छ ।

पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो ।

नेपालकी अञ्जलीले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले ३ मेडन राख्दै मात्र १ रन खर्चिर ४ विकेट लिइन् । समूह चरणमा माल्दिभ्सविरुद्ध नै उनले १३ बलमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान बनाएकी थिइन् ।

यस्तै कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २(२ विकेट लिएकी छन् । र, ९ रनको लक्ष्य मात्र नेपालले मात्र ७ बलमा विना विकेटको क्षतिमा भेट्टायो ।

प्रतिक्रिया दिनुहोस्