साग अन्तर्गत आज शनिबार १८ वटा खेलहरु हुँदै

काठमाडौं, २१ म्ंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज शनिबार १८ वटा खेलहरु हुँदैछन् । ती खेलहरु काठमाडौं उपत्यकाका साथै पोखरा र जनकपुरमा जारी छन । आज एथ्लेटिक्स, आर्चरी, फुटबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्स्ङि, भारत्तोलन र फेन्सिङमा प्रतिस्पर्धा हुने छ ।

आज एथ्लेटिक्स अन्तर्गत म्यारथान हुँदैछ । सागमा कुस्ती खेल जनकपुरमा शुक्रबारदेखि शुरु भएको छ भने महिला फुटबल, महिला क्रिकेट, आर्चरी, बिच भलिबल र ह्याण्डबल यसअघि नै पोखरामा शुरु भइसकेका खेल हुन् ।

फुटबलमा आज नेपालले माल्दिभ्ससँग दिउँसो साढे १ बजे खेल्ने छ । यस्तै पोखरामा नेपाली महिला टिमले भारतसँग प्रतिस्पर्धा गर्ने छ । दुवै टिम फाइनल पुगिसकेकाले आजको खेलको नतिजाले केही प्रभाव पार्ने छैन् ।

क्रिकेटमा आज नेपालले बंगालदेशको यु २३ टिमसँगै प्रतिस्पर्धा गर्दैछ । क्रिकेट खेल विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरुहुने छ । जुडो प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग)
२०७६ मंसिर २१ गते शनिबार पोखरामा हुने खेलहरुः

महिला फुटबल
माल्दिभ्स र श्रीलंका, पूर्वान्ह १० बजे
नेपाल र भारतः दिउँसो २ बजे
स्थानः पोखरा रंगशाला

महिला क्रिकेट (तृतीय स्थान)
नेपाल र माल्दिभ्स
पूर्वान्ह ११ बजेदेखि
स्थानः पोखरा क्रिकेट मैदान, पोखरा रंगशाला

विच भलिबल (महिला/पुरुष, क्वार्टरफाइनल)
खेल समयः पूर्वान्ह ९ देखि ११बजेसम्म, फेरि दिउँसो १ बजेदेखि ४ बजेसम्म
स्थानः बाराही घाट, लेकसाइड

भारोत्तोलन (महिला/पुरुष)
खेल समयः पूर्वान्ह ११ बजेदेखि ४ बजेसम्म
स्थानः एस।आर केसी बेनक्यूट, माटेपानी, पोखरा–१२

आर्चरी (महिला/पुरुष, एलिमिनेशन राउण्ड)
खेल समय ः बिहान ८ बजेदेखि ४ बजेसम्म
स्थानः आर्चरी खेल मैदान, पोखरा रंगशाला

ह्याण्डबल (महिला/पुरुष, सेमिफाइनल)
भारत र बंगलादेश (महिला) ः पूर्वान्ह ९ बजे
नेपाल र पाकिस्तान (महिला) ः पूर्वान्ह ११ बजे
भारत र श्रीलंका (पुरुष) ः दिउँसो १ः३० बजे
पाकिस्तान र बंगलादेश (पुरुष) ः दिउँसो ४ बजे
स्थानः पोखरा रंगशाला मल्टिपर्पोज कभर्डहल

प्रतिक्रिया दिनुहोस्