म्याराथन दौडमा किरणसिंह बोगटी स्वर्ण पदकको विजेत बने

काठमाडौं,२१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपाल स्वर्ण पदकको विजेत बनेको छ । पुरुषतर्फको प्रतिस्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक जितेको हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ । उनले सन १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा तोकिएको दुरी पार गरेर रेकर्ड राखेका छन् ।बैकुण्ठ मानन्धरले १९८४ र १९८५ मा पनि म्याराथन दौड जितेका थिए ।

सन् १९९५ मा मद्रासमा आयोजित साग प्रतियोगितामा नेपालका टीका बहादुर बोगटीले म्याराथन दौडमा स्वर्ण जितेका थिए ।

सन् २०१० मा ढाकामा आयोजित सागमा नेपालका राजेन्द्रसिंह भण्डारी पहिलो भए पनि डोपिङमा परेपछि उनले पदक गुमाएका थिए । सन १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाए ।

प्रतिक्रिया दिनुहोस्