१३औं साग: नेपालको स्वर्ण संख्या ४० पुग्यो
काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल दोस्रो स्थानमा यथावत् रहेको छ । अहिलेसम्म नेपालले ४० ओटा स्वर्णपदक जितेको छ ।
नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा एथ्लेटिक्स र भारोत्तोलनमा एकरएक स्वर्णपदक जितिसकेको छ ।भारत ६७ स्वर्णसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको श्रीलंकाको २३, चौथो स्थानको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्णपदक छ ।
पुछारको भुटानको ६ कास्यपदकमात्रै छ । नेपालले अहिलेसम्मका साग संस्करणमा जितेको कुल स्वर्णको संख्या १११ पुगेको छ । १२औं सागसम्म नेपालले ७१ स्वर्णपदक जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्