नेपालद्वारा माल्दिभ्स पराजित, करन केसीको उत्कृष्ट ब्याटिङ

काठमाडौं, मंसिर २० । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत टी(ट्वान्टी क्रिकेटमा नेपाल जिवय भएको छ । नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेसंगै नेपालको विजय सूरुवात भएको हो ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै माल्दिभ्सलाई १६४ रनको लक्ष्य दिएको थियो।

मादिभ्सले ६ विकेट गुमाएर २० ओभरमा ७९ रन मात्रै बनाउन सक्यो। नेपालको स्कोर उकास्न करण केसीले महत्वपूर्ण योगदान गरेका थिए। उनले १६ बलमा अविजित ४० रन बनाएका थिए।

केसीले चार छक्का र दुई चौका हाने। त्यस्तै दिपेन्द्र सिहं ऐरीले ३९ रनको योगदान दिए। पूर्व कप्तान पारस खड्काले ११ रन मात्रै बनाउन सफल भएका छन् भने कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमै आउट भएका थिए।

बलिङतर्फ सुशन भारी र ललित राजवंशीले २र२ विकेट लिए भने पवन सराफले १ विकेट हात पारे।

नेपाल पहिलो खेलमा श्रीलंका यू(२३ सँग ६ विकेटले पाराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई १४१ रनको फराकिलो अन्तरले पारजित गरेको थियो । नेपालले अर्को खेल भोलि (शनिबार) बंगलादेशको २३ वर्षमुनिको टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्