महिला क्रिकेटमा नेपाललाई धक्काः श्रीलंकासँग ४१ रनले पराजित
काठमाडौं, मंसिर २० । पहिलो सहभागितामै घरेलु मैदानमा स्वर्ण जित्ने सपनामा नेपाली महिला क्रिकेटलाई धक्का लागेको छ। श्रीलंकासँगको जीतले स्वर्णको लागि प्रतिस्पर्धामा उकाल्थ्यो। तर शुक्रबार पोखराको क्रिकेट मैदानमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) मा श्रीलंकासँग ४१ रनले पराजित भएपछि कास्यको लागि फेरी एकपटक माल्दिभ्ससँग नेपालले अन्तिम प्रतिस्पर्धा गर्ने छ।
टस जितेर व्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा ११८ रनको स्कोर बनायो। केही महत्वपूर्ण क्याच नेपाली खेलाडीले छोड्दा लक्ष्य सयको आकडाँबाट उकालो लागेको थियो। एल अप्सराले २७ बल खेल्ने क्रममा ५ चौकासहित ३७ रन बनाईन्। उनको इनिङ्स श्रीलंकको लागि महत्वपूर्ण सावित भयो। उनीसँगै अज अन्जलीले पनि महत्वपूर्ण योगदान दिने क्रममा ३५ रन बनाईन्। ३६ बलको सामना गर्ने क्रममा १ चौका र २ छक्का हिर्काईन्। दुवैको रन रोक्न नसक्दा नेपालले लक्ष्य सोचेभन्दा केही बढी पाएको थियो।
मध्यक्रमकी एस सन्दिपानीले पनि २२ रन बनाईन्। २९ बल खेलिन्। एच माधवीले १६ रन बनाउन १९ बल खेल्दै २ चौका आफनो स्कोरबोर्डमा लेखाउन सफल भईन्। नेपाली बलर सोनु खड्काले एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिदैं दबावमा राखेपनि निरन्तरता दबाव सृजना भने हुन सकेन्।






















प्रतिक्रिया दिनुहोस्