५ हजार मिटर दौडमा नेपालले स्वर्ण र कास्य जिते

काठमाडौं, २१ म्ंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ५ हजार मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक जितेको छ ।

शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४।२० सकेन्डमा निर्धारित दूरी पार गरे ।

त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील दवालले १४ मिनेट ५५.२१ मा दूरी पार गर्दै रजत पदक जितेका हुन् । कास्य पदक भने नेपालले जितेको छ । नेपालका हरि रिमालले कास्य जितेका हुन् । योसँगै नेपालको स्वर्ण पदकको खातामा ३७ स्वर्ण पदक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्