पौडीमा गौरिकाले जितिन् पहिलो स्वर्ण, योसहित नेपालको पुुग्यो ३३ स्वर्ण

काठमाडौं , मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन्।

२ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन्। उनले २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्। योसहित नेपालको ३३ स्वर्ण पुगेको छ।

यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । गौरिकाले भने २०१६ को सागमा रजत पदक जितेकी थिइन् ।पदक तालिकाको अग्र स्थानमा रहेको भारतलाई नेपालले पच्छ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्