माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं , मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सलाई हराउँदै नेपाली महिला फुटबल टोली फाइनल प्रवेश गरेको छ।

बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँग फाइनल यात्रा पक्का गरेको हो । नेपालका लागि सावित्रा भण्डारीले कीर्तिमानी गोलसँग ह्याट्रिक पूरा गरिन् ।

पोखरा रंगशालामा भएको खेलको १६ औँ मिनेटमा साबित्राको गोलमार्फत नेपालले सुरुआती अग्रता बनाएको थियो । खेलको २० औँ मिनेटमा साबित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन् ।

खेलको इन्जुरी समयमा साबित्राले ह्याट्रिक पूरा गरेकी हुन् । साबित्राले नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले बनाएको ३५ गोलको कीर्तिमान तोडेकी हुन् । नेपालले अब फाइनलमा शनिबार २ बजे भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्