आई.एम.ई.लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, मंसिर १९ । आई.एम.ई.लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आई.एम.ई.लाइफइन्स्योरेन्सकम्पनीको दोस्रो वार्षिक साधारण सभामिति बुधबार सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यको सभापतित्वमा काठमाण्डौंको चन्द्रागिरी हिल्स लिमिटेडमा एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७४÷०७५ को सञ्चालक समितिको प्रतिवेदनपारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७४÷०७५ को वासलात, नाफा—नोक्सानहिसाब, नगदप्रवाहलगायतवित्तीयविवरण स्वीकृत गर्ने ,कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिमआर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षकनियुक्ती गरी पारिश्रमिकनिर्धारण गर्ने र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने कार्य गरेको छ ।
सभामा बोल्दै सभाका सभापति डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जन शक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आय स्रोत भएका जनमानसमा समेत पु¥याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।
कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी महानुभावहरु, कम्पनी प्रति बिश्वास र भरोसा गर्नुहुने समस्त बीमितहरु, कम्पनीको सफलताका लागि सहयोग तथामार्ग निर्देशनदिने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय, नेपाल धितोपत्रवोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड लगायत सम्पूर्ण नियमनकारी निकायतथा सम्पूर्ण बीमाकम्पनीहरु, पुनर्बीमा कम्पनी,अभिकर्ताहरु, विभिन्न बैंक तथावित्तीय संस्थाएवं अन्यशुभेच्छुकहरु सवै प्रतिहार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।
सो सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनिउपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्