१३ औं साग : नेपालले पहिलो पटक जित्यो ३२ स्वर्ण

काठमाडौं, मंसिर १९ । नेपालले साग इतिहासमा पहिलो पटक ३२ स्वर्ण जितेको हो । नेपालले यस अघि नेपालमै भएको आठौं सागमा सर्वाधिक ३१ स्वर्ण जितेको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री पुरुषतर्फ नेपालले स्वर्ण पदक जितेको छ।

नेपालका तर्फबाट बुद्धिबहादुर तामाङले स्वर्ण जितेका हुन्। यसैगरी, रजत र कास्य पदक पनि नेपालले नै हात पारेको छ।राजिव राईले रजत र ओकेश राज बज्राचार्यले कास्य पदक जितेका हुन्।

गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा बिहीबार दिउँसो फाइनल प्रतिस्पर्धा भएको थियो।

क्रस कन्ट्री अन्तर्गत ४ किलोमिटरको ४ ल्यापमा बुद्धिले एक घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाल्दै स्वर्ण, राजिवले १ घण्टा १९ मिनेट ४० सेकेण्ड र ओकेशले १ घण्टा २१ मिनेटको समय निकालेर पदक जिते। नेपालले १२ स्वर्णमध्ये १० स्वर्ण हात पारेको हो।

प्रतिक्रिया दिनुहोस्