प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, भने – स्वास्थ्यमा सुधार भएर घर जाँदैछु

काठमाडौं , मंसिर १९ । । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । मंसिर १० गते एपेन्डिसाइटिसको अपरेशन गरेका प्रधानमन्त्री ओलीलाई बिहीबार दिउँसो डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गरेका छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी थिइन् ।यसैबीच प्रधानमन्त्री ओलीले डिस्चार्जका क्रममा छोटो प्रतिक्रिया दिँदै स्वास्थ्यमा सुधार भएर घर जान लागेको प्रतिक्रिया दिएका थिए ।

यसैबीच प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले जोखिम मोलेर प्रधानमन्त्रीको उपचार गरिएको बताए । प्रधानमन्त्री अस्पताल आउँदा संकटको अवस्था रहेको उनको भनाइ थियो ।

उनले आफू किड्नीको चिकित्सक नभए पनि अहिले तत्कालै प्रत्यारोपण गर्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्