साइक्लिङमा नेपालले ४ स्वर्ण जित्यो

काठमाडौं, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन्।

बिहीबार गोकर्णमा भएको साइक्लिङमा बुद्धिबहादुरले क्रस काउन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेका हुन्। यहि स्पर्धामा नेपालक कै राजिव राईले रजत पदक जिते।

बुद्धिबहादुरले १ मिनेट १९.०८ सेकेण्डमा निर्धा्रित दूरी पूरा गरे। त्यस्तै, राजिवले १ मिनेट १९.४० सेकेण्डमा पूरा गरे। कास्य पदक पनि नेपालकै ओकेशराज बज्रचार्यले जिते।

योसँगै साइक्लिङमा नेपालले ४ स्वर्ण जितेको छ। यसअघि राजेश मगर, निश्मा श्रेष्ठ र लक्ष्मी मगरले स्वर्ण जितेका थिए।

प्रतिक्रिया दिनुहोस्